Bagmati Samachar Logo

संसद् विघटनलाई आत्मघाती भनेको छ दिनमै मन्त्री बने प्रभु साह

काठमाडौं । १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई आत्मघाती भनेको ६ दिनपछि प्रभु साह मन्त्री बनेका छन् । साहले ५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा आत्मघाती कदम भन्दै सामाजिक संजालमा फेसबुकमा स्टाटस लेखेका थिए ।
उनले सहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी दुई दिनअघि पनि प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका थिए ।

माधवकुमार नेपाललाई वरीयतामा अध्यक्ष बनाउँदा प्रचण्डको हैसियतमा राखिएको भन्दै केन्द्रीय कमिटीको बैठकमै विरोध जनाएका थिए । अध्यक्ष नेपालसँगको बिमति हुँदा उनी ओली समूहमा लागेको बताइएको छ । नेता साहले गत आइतबार राष्ट्रपतिले संसद् विघटन गरेपछि फेसबुक स्टाटस लेख्दै आत्मघाती कदम भनेका थिए ।