राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, नयाँ निर्वाचनको घोषणा
काठमाडौं । ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छिन् ।
आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
मन्त्री परिषदको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेकी हुन् । नेपालको संविधानको धारा७६ को उपधारा (१) र (७) तथा धारा ८५ अनुसार प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो र वैशाख २७ गते दोस्रो चरणको निर्वाचन हुने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्: