प्रचण्ड भेट्न प्रधानमन्त्री ओली खुमलटारमा
काठमाडौं । ४ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न १० बजे प्रचण्ड निवास ललितपुरको खुमल्टारमा पुगेका छन् । पार्टी भित्र विवाद उत्कर्षमा पुगेका बेला अल्पमतमा पर्दै गएका प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष प्रचण्डसँगको सम्बन्ध सुमधुर बनाउन खुमल्टारमै गएका हुन् । यसअघि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेताहरु प्रचण्ड निवास खुमल्टार पुगेका थिए । यस पटक भने प्रधानमन्त्री ओली नै खुमल्टार पुगेका हुन् । पार्टी भित्र विवाद मिलाउन नेकपामा नेताहरु लागि परेका छन् । तर नेकपाको विवाद मिल्नुको सट्टा झन झन बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्: