दुबै प्रस्ताव फिर्ताबारे कुनै सहमति भएको छैन
काठमाडौं । १ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच अध्यादेश र संसद् अधिवेशन बोलाउन माग गरिएको फिर्ता गर्ने बाहेक कुनै पनि सहमति नभएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
दुईजना अध्यक्षबीच सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता गर्ने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्नेबाहेक कुनै सहमति नभएको सचिवालयले जनाएको छ ।
एक जना स्थायी कमिटीका सदस्यहरुले पनि प्रस्तावहरु फिर्ता लिनेबारे कुनै सहमति नभएको बताए । ती स्थायी कमिटी सदस्यले भने ‘अध्यादेश र संसद् बोलाउने प्रस्ताव फिर्ता लिने बाहेक कुनै पनि सहमति भएको छैन । त्यसबाहेक सबै विषयमा स्थायी कमिटीको आगामी बैठकमा छलफल हुने छ।
प्रतिक्रिया दिनुहोस्: