Bagmati Samachar Logo

सरकारविरुद्ध काँग्रेस सडकमा, देशैभरी शक्ति प्रदर्शन

काठमाडौं । २९ मंसिर । नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको छ ।
जसअनुसार काँग्रेसले कोरोना महामारीका बीच संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न शहरहरुमा शक्ति प्रदर्शन गरेको छ ।
काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्तित शान्तिबाटिकामा वृहद सभाको आयोजना गरिएको थियो ।
जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकामा पुगेर सभामा परिणत भएको हो ।

ओलीकै कारण सडकमा ‘राजा आउ देश बचाउ’ को नारा लाग्यो देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको बताए । कम्युनिस्ट सरकारबाट जनता दिक्क भएको भन्दै ‘उनले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको ।
लोकतन्त्रको रक्षाका निम्ती काँग्रेसले देशभर प्रदर्शन गरेको,उनले बताए । सोमबार मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिले ।

‘ उनले कम्युनिस्टहरुले एकदलीय सर्वसत्तावादी शासन लागू गरेको भन्दै कोरोनाको औषधी उपचार गर्नुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

उनले कोरोनामा पनि घुस खाने काम सरकारका जिम्मेवार व्यक्तिहरुले गरेको तथा हत्या र बलात्कारमा संलग्नहरुलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको बताए । ‘कञ्चनपुरकी बालिकाको बलात्कार गर्नेलाई पक्राउ गरेको छैन । पार्टीको संलग्नता छैन भने किन वलात्कारीलाई यो सरकारले पक्रेन ?’ देउवाले प्रश्न गरे । उनले आफुले चुनावताका कम्युनिस्टले जिते रुन पनि नपाइने भनेको प्रसंग कोट्याउदै अहिले त्यसवेलाको भनाई प्रमाणित भएको दावी गरे ।
पञ्चायतको शासनमा टाउको फुटेको थियो, कम्युनिस्ट शासनमा करङ भाँचिए, रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजातन्त्रको निर्दलीय पञ्चायत र गणतन्त्रणकालमा कम्युनिस्ट शासन एउटौ भएको आरोप लगाएका छन् । सरकारको विरोधमा काँग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली जनता जागरणको अवस्थामा पुगेका भन्दै अब कम्युनिस्ट शासन समाप्त हुने दाबी गरे ।

‘राजाको निर्दलीय पञ्चायतको समयमा रुख रोप्दा हाम्रो टाउको फुटेको थियो,’ पौडेलले भने, ‘अहिले गणतन्त्रणकालमा कम्युनिस्टले शासन चलिहरँदा पुल बनाउँदा हाम्रो करङ भाँचिएका छन्।’

कम्युनिस्ट सरकारले सत्ताको घोर दुरुपयोग गरेको आरोप उनले लगाए। यस्तै भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको र केहीलाई खतमाफ दिने अड्डा बनेको पौडेलको आरोप छ ।

‘जबजब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ, तबतब प्रधानमन्त्री स्वयंम अगाडि सरेर यो मन्त्री त चोखै छन्, मन्त्री त निर्दोष छन् । यो मन्त्रीलाई केही हुँदैन भनेर अख्तियातिर इसारा गर्छन् । अनि अख्तियार त्यो केसलाई मुल्तबीमा राख्छ । सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो रु,’ पौडेलको प्रश्न छ ।

पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नकै लागि सबै निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरेको बताए । ‘गोकर्ण, यति, वाइडवडीदेखि ओम्नीसम्मका भ्रष्टाचारका कुरा आएका छन,’ पौडेलले भने, ‘कम्युनिस्ट पार्टीका बहुमत नेताले यो सरकार भ्रष्टाचारी भनिसकेको छन्। अब हामीले आरोप लगाउन पर्दैन, उनीहरुकै सचिवालयको बहुमत सदस्यले यही भनेका छन्।’

सरकार भ्रष्टाचारमा लिप्त भएपछि सडकमा आयौँ , महामन्त्री कोइराला

काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओलीको सर्वसत्तावादविरूद्ध काँग्रेस सडकमा आएको बताएका छन्। काँग्रेसद्वारा विराटनगरको जनआन्दोलन चोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले ओलीले सर्वसत्तावादी शैलीमा सरकार सञ्चालन गरिरहेको बताए।

तनहुँमा गाउँपालिकाले नै पुल उद्घाटनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाएको अवस्थामा सरकारले गरेको ज्यादतीको विरोधमा देशभरि उत्रिन बाध्य उनको भनाइ थियो । उनले यसलाई निरन्तरता दिइने पनि बताए । यस्तै देशमा अब राजतन्त्र फर्केर नआउने दाबी पनि गरे । आफूहरूले तीन वर्ष चुप लागेर बसेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त भएपछि सडकमा आएका कोइरालाको भनाइ थियो ।