Bagmati Samachar Logo

काँग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने भएको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सरकारको कार्यशैलीविरुद्ध देशव्यापी प्रर्दशनको निर्णय लिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

१७ गते तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको महतले जानकारी दिए ।