Bagmati Samachar Logo

प्रचण्ड फकाउँदै ओली, पोखरेल पुगे खुमल्टार

काठमाडौं । १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्ड फकाउन थालेका छन् ।
हिजोमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई भेटेपछि प्रचण्डलाई पनि शितल निवास बोलाएर भेटवार्ता गरेकि थिइन । राष्ट्रपतिले प्रचण्डलाई ओलीसंग मिलेर जान भेटवार्तामा सुझाव दिएको स्रोतले बतायो । राष्ट्रपतिले दुबै अध्यक्ष मिलेर जान सुझाव दिएकि थिइन । जवाफमा प्रचण्डले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट पार्टी भित्रको समस्याको छिनोफानो हुने जवाफ दिएका स्रोतले बताए । स्रोतले भन्यो ‘राष्ट्रपति ज्युले मिलेर जान सुझाव दिएपनि प्रचण्डले अब स्थायी कमिटी र केन्द्रीय कमिटीबाट निर्णय गरेर अगाडि बढ्ने जवाफ दिनु भएको छ ।’
शुक्रबार बिहान सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल ओलीको सन्देश लिएर प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।

हिजो महासचिव विष्णु पौडेल र अर्का स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । पौडेल प्रचण्ड भेट्न खुमलटार दिउसो १ बजे गएका थिए । साँझ ५ बजे नेम्वाङ गएका थिए । नेकपामा बढेको विवादले पार्टी सहमति भन्दा पनि अल्पमत बहुमतमा जाने अवस्था आउने देिखएको छ । यस्तो अवस्थामा ओली सचिवालय देखि केन्द्रीय कमिटी सम्म अल्पमतमा छन् । ओलीले पुन प्रचण्डलाई फकाएर तत्काललाई भए पनि आफ्नो समस्या टार्न खोजेको प्रचण्ड निकट एक नेताले बताए ।