ताजा अपडेट
समाचार

एकैदिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

एकैदिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास
c:ktfn lznfGof; ub}{ d'VodGqL e§ 8f]6L, !% dªl;/ M 8f]6Lsf] lbkfon l;nu9L gu/kflnsf–% afukmfF6fdf lgdf{0f ul/g nfu]sf] %) zoofsf] ;?jf /f]u c:ktfnsf] lznfGof; ub}{ ;'b"/klZrd k|b]zsf d'VodGqL lqnf]rg e§ . t:jL/ M ljdnaxfb'/ lji6 ÷/f;;

काठमाडौं । १५ मंसिर । सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका अस्पताल भवनको शिलान्यास गरेको छ।

स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि ललितपुरको गोदावारी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गरेका छन्।

भवन शिलान्यास गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशका ३ सय ९६ स्थानीय तहमा एक साथ ५ शैया, १० शैया र १५ शैयाका पालिका स्तरका आधारभूत अस्पतालहरूको शिलान्यास गरिएको बताए।

यस्तै, सात वटा प्रदेशमा ५०÷५० शैयाका सरुवा रोग अस्पतालहरूको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताए।

पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताए।

यस्तै, सात वटै प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि प्रति अस्पताल ८ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, बागमती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…