बहसले पार्टी विभाजन होइन एकता हुन्छः मन्त्री पुन
काठमाडौं । १५ मंसिर । उर्जा जलस्रोत एवं सिचाइ मन्त्री बर्षमान पुनले नेकपा भित्रको बहसले पार्टी विभाजन होइन एकता हुने बताएका छन् । रोल्पाको खुमेलको लाकुरीमा रहेको विद्युत सवस्टेशनको उद्घाटन गर्न रोल्पा पुगेका पुनले उक्त कुरा बताएका हुन । उनले भने ‘पार्टी भित्रको बहसले विभाजन होइन एकता हुन्छ । बहस हुनु जीवन्त पार्टीमा सकारात्मक कुरा हो ।’
उनले तत्कालीन पार्टी नेतृत्वले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भए दोस्रो पुस्ता त्यो जिम्मेवारी लिन तयार रहेको छ । उनले भने ‘नेतृत्व पुस्तान्तरणको कुरा ठिक छ । यसकोलागि पहिलो पुस्ताले पनि तयार हुनु प¥र्यो ।’ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र अहिले नेतृत्व पुस्तान्तरणको बहस सुरु भएको छ । पार्टीमा विवाद बढेसंगै आउदो महाधिवेशनबाट दोस्रो पुस्तालाई नेतृत्व दिनु पर्छ बहस सुरु भएको छ । केहि दिन पहिला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब हामी पहिलो पुस्ता नेतृत्वबाट विदा भएर दोस्रो पुस्तलाई नेतृत्व दिन पर्ने धारणा सार्वजनिक भएपछि आज रोल्पा पुगेका पुनले पार्टी र सरकारको नेतृत्व लिन तयार रहेका बताएका छन् । सत्तारुढ दल भित्रको बहसले सार्वजनिक रुपमा नै टिकटिप्पणी हुनु स्वभाविक हो । बहसले देशको राजनीतिलाई नै प्रभाव पारेको छ । नेकपा भित्रको जारी बहसले पार्टी विभाजन हुन्छ कि भन्ने चिन्ता बढेको छ, पुनले भने ‘पार्टी भित्र भएको बहसले विभाजन होइन झन बलियो एकता हुने छ । पार्टी भित्रको समस्या महाधिवेशनमा गएपछि हल हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्: