Swornakshar Logo

सांगितिक आकाशमा उदाउँदै अर्जुन सापकोटा

सन्तोष अधिकारी
काठमाडौं । गायक अर्जुन सापकोटाले फेरी अन्य गीतहरु सांगितिक बजारमा ल्याउने तयारी गरेका छन्। हालसालै मात्र उनी लगायत जय देवकोटा, बिमल अधिकारी र यज्ञ सापकोटाको टोलीले पिरती नलाम मयां, मन पोल्छ नामको नयाँ गित बजारमा ल्याएका छन्। उक्त गीत पनि चर्चाको शिखरमा रहेको छ। दर्शकको चाहना बुझेर नयाँ नयाँ स्वाद गितहरु बजारमा ल्याउने सापकोटा युवा पुस्तामा मात्र नभै वृद्ध वृद्धा समेतले माया गर्ने कलाकारमा पर्छन्।
हरेक स्टेज कार्यक्रममा सुरुमा भगवानको भजन गाएर आफ्नो प्रस्तुतीको थालनी गर्ने उनले सबै किसिमका प्रस्तुती दर्शकसामु पस्कने गर्छन् ।
उनी सानै उमेरदेखि गीत संगितमा रुची राख्ने गर्थे । उनको परिवार प्रेरणाको स्रोत रहेको बताउंछन्। सांगितिक परिवारमा जन्मेका सापकोटा सानैमा गायन क्षेत्रमा लागेका हुन् । संघर्ष गरेरै आफु अहिलेको स्थानसम्म पुगेको र सफलता पाउनु छ भने हरेक अप्ठेरोलाई अवशरका रुपमा लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ।
भर्खरै मात्र उनको जन्मेकै गाउं रोयो बोलको दशै गीत बजारमा आएको छ। उक्त गीतले युटुबमा अत्याधिक लाइक, शेयर र स्र्काइभ पाईरहेको छ।विश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरस (कोविड १९) ले समाजमा पारेको प्रभावलाई उक्त गीतमा झल्काउन खोजिएको छ।