काठको पोल मुक्त वनाउन रकम छुट्याएको भनेर अर्थ मन्त्री युवराज खतिवडाले झुक्याय–बिरोध खतिवडा
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडाले जिल्लाभरी र आफ्नो क्षेत्रमा विकासका महत्वपुर्ण कामहरु भएको वताउनु भएको छ । प्रेस संगठन मकवानपुरमा आवद्ध भएका पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो क्षेत्रमा सडक निर्माण, तटवन्धन, पुल निर्माण, विजुली वत्ति बाल्ने काम लगायतका कामलाइृ प्राथमिकता दिएर काम गरिएको वताउनुभयो ।साथै संघीय सरकारले काठको पोल मुक्त वनाउने भनेर रकम छुट्याएको भनेर अर्थ मन्त्री युवराज खतिवडाले झुक्याएको आरोप पनि लगाउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज समेत रहनु भएका खतिवडाले २ नम्बर क्षेत्रमा अहिले सरकारको लगानीमा १० वटा पुल निर्माण भइरहेको वताउनुभयो । बिभीन्न गाउँपालिका जाने मुल सडक निर्माणमा आफुले सहयोग गरेको वताउनुभयो ।
आफु आएपछी नयाँ तरिकाले निर्वाचन क्षेत्रमा काम गरेको वताउनुभयो । अन्तरक्रियामा बोल्दै सांसद खतिवडाले अरुले जस्तो ५ वटा कम्मल बाँढेको को विषय पनि चर्चामा ल्याउने आफ्नो बानी नभएको बताए । उनले भने, मेरै क्षेत्रको प्रदेशमा जित्ने माननीयले १० / १५ वटा कम्मल बाँढेको कुरा पनि मिडयामा ठुला खबर हुने गरेको छ तर मलाई त्यस्तो काम गर्न लाज लाग्छ । सांसद खतिवडाले नेपापा निकटको प्रेस संगठन मकवानपुरको लागि बार्षिक रुपमा ५० हजार रुपैयाँ दिने घोषणा गर्नु भएको छ । यो रकम हरेक वर्ष प्रेस संगठनका लागि दिइने वताउनुभयो ।
कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेससभाका सदस्य मुनु सिग्देलले पार्टीभित्र गरेका राम्रा कामको प्रचार गरिनुपर्ने वताउनुभयो । अहिलेको कोरोना त्रासको समयमा सुरक्षित रहेर समाचार संकलन गर्न पनि उहाँले सुझाव दिनुभयो । अव पाटी भित्रमा सबै विभागहरु निर्माणको अन्तिम तयारीमा रहेको उहाँले वताउनुभयो ।
कार्यक्रममा नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले समाचार लेख्दा सत्यतामा आधारित रहेर लेख्नका लागि सुझाव दिनुभयो । कसैले एक अर्कालाई हिलो छ्याप्ने काम नगर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा मकवानपुरका कार्यालय सदस्य श्रीधर पोख्रेलले स्थानीय तहमा धेरै राम्रा काम भएको र त्यसलाई बाहिर ल्याउनुपर्ने वताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्: