ताजा अपडेट
समाचार

सरकारको दोहरो चरित्रः अनुसन्धानको निर्देशकबाट दुई बर्ष पहिला नै हटाएका व्यक्ति अख्तियारमा नियुक्ति दिने तयारी

सरकारको दोहरो चरित्रः अनुसन्धानको निर्देशकबाट दुई बर्ष पहिला नै हटाएका व्यक्ति अख्तियारमा नियुक्ति दिने तयारी

काठमाडौं । १६ साउन । नेपाल सकरकारले कार्यक्षमता नभएको भन्दै समयावधि भन्दा दुई बर्ष पहिला नै राष्ट्रिय अनुसन्धानको निर्देशक पदबाट हटाएका दिलिप रेग्मीलाई अख्तियारमा नियुक्त गर्ने तयारी गरेको छ । सरकारले रेग्मीलाई २०७५ साल २५ पुसमा कार्यक्षमता कमजोर रहेको र सूचनाको गलत प्रयोग गरेको भन्दै पदबाट हटाएकोे थियो ।
तर अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुन थालेको राजनीतिक भागवण्डामा रेग्मीको नामपनि चर्चामा रहेको छ । यहि सरकारले कार्यसम्पादनमा सक्षम नभएको भन्दै हटाएका व्यक्तिलाई अख्तियार अनुसन्धान आयोग जस्तो संस्थामा पुन नियुक्ति गर्दा कस्तो काम होला भन्दै चर्चा हुन थालेको छ ।
यदि सरकारले उनलाई अख्तियारमा नियुक्त गरे रेग्मी भन्दा पनि बढी विवादीत सरकार हुने बताइन्छ । आफैले दुई बर्ष पहिला असक्षम भनेको व्यक्ति दुई बर्ष पछि अर्को संस्थामा नियुक्ति पाउन कसरी सक्षम भए भन्दै बहस हुन थालेको छ । एक ठाँउमा असक्षम भन्दै निकालेको व्यक्ति केहि समयको अन्तरालमा अर्को निकायमा नियुक्ति पाउछ भने सरकारको दोहरो चरित्र देखिएको एक जना सुरक्षा निकायका एक अधिकृत बताउछन् ।
रेग्मीले आफ्नो कार्यकालमा लोकमान कार्कीसंग मिलेर सेभ हाउस संचालन गरेको आरोप पनि लाग्ने गरेको छ ।
उनी अहीले काग्रेस सभापति शेरबहादुर देउवाको श्रीमति आरजु देउवासंग निकट भएर अख्तियार प्रवेश गर्ने तयारीमा रहेको बताइन्छ । उता प्रधानमन्त्री ओलीलाई भने नैतिक संकट आइलागेको छ । आफैले कार्यक्षमतामाथि प्रश्न उठाएर हटाएको व्यक्तिलाई संवैधानिक निकायमा नियुक्ति दिनु पर्ने अवस्था आएको छ ।
रेग्मीले अनुसन्धानको निर्देशक हुदा सालाका श्रीमतिहरुलाई अनुसन्धानमा जागिर लगाएका थिए । उनको राजनीतिक पहुँच पनि माथिसम्म भएकाले अहीले पनि अख्तियारमा नियुक्ति पाउने संभावना रहेको बताइन्छ । उनले सेटिङ गरेर नै अनुसन्धानमा आफु भन्दा दुई बर्ष सिनियर देबराज भट्लाई उछिनेर निर्देशक बनेका थिए ।
उनको पालामा बनेको भौतिक संरचनाहरुमा पनि गुणस्तर कम भएका सामग्री प्रयोग भएको अनुसन्धानका अधिकृत बताउछन् । निर्वाचनको समयमा सरकारले उपलब्ध गराएको पैसा पनि हिनामिना गरेको आरोप अहिलेपनि लाग्ने गरेको छ ।
उनले पाएको रातो पासपोर्ट पदमा नहुदा पनि बुझाएको छैन । जब कि पदमा नभएपछि पासपोर्ट स्वत रद्द हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…