विप्लव समूहका चितवन इञ्चार्जसहित चार जनाको म्याद थप
चितवन । १३ साउन । प्रतिबन्धित नेपा कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज सहित ४ जनालाई पक्राउ गरेको छ । १२ गते राती चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ रसौलीबाट जिल्ला ईन्चार्जसहित पक्राउ परेका पाँचमध्ये ४ जनालाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ परेकामध्ये जिल्ला इञ्चार्ज लाल बहादुर बिसीलाई चितवन अदालतले थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ भने अन्य तीनजना रामलाल विश्वकर्मा, भिम नारायण श्रेष्ठ, होमबहादुर खड्कालाई जिल्ला प्रशासन कार्यालय, चितवनबाट ७ दिनको म्याद थपिएको छ ।
पक्राउ परेका दान बहादुर श्रेष्ठ पार्टीमा संलग्न नदेखिएकोले प्रहरीको निगरानीमा रहने प्रहरी कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । ूजिसीको पुराना मुद्दा पनि रहेछन्, उनको पार्टीको भूमिका पनि ठूलो छ,ू थापाले भने, ूदानबहादुर पार्टीमा संलग्न नभएको देखियो ।
उनीहरुलाई सोमबार राति ८.३० मा राप्तीबाट पक्राउ गरिएको थियो । यस अघि सोही समुहका पोलिटव्यूरो सदस्य अनिल शर्मा बिरहीलाई उपचारका क्रममा पुरानो मेडिकल कलेजबाट पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: