Swornakshar Logo

नेकपाको बैठक बिना राजनीतिक निर्णय सकियोःओली सहभागी भएनन्

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । उनका अनुसार अर्को बैठक साउन १३ गते बस्नेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए ।

बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुल समेत भत्किएको छ ।

प्रधानमन्त्री निवासमै बैठक बसेको भएपनि आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।