Bagmati Samachar Logo

चीनसँग सिमाविवाद भएको बेला भारतका रक्षामन्त्री रुस प्रस्थान

एजेन्सी

काठमाडौं । ८ असार । भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरको छन् । भारतीय सञ्चार माध्यमका अनुसार प्रतिरक्षाका विषयमा छलफल गर्नका लागि उनी रुस प्रस्थान गरेका हुन् । 

उनी तीनदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुनेछन् । 
गत १५–१६ जुनमा चीन र भारतको सीमाक्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक माारिएका थिए ।

चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ । आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता हुने उनले जानकारी दिएका छन् । 

भारत र रुसबीच लामो समयदेखि सैन्य सहयोग आदानप्रदान हुँदै आएको छ । भारतले रुसबाट लडाकू हेलिकोप्टरसमेत खरिद गर्ने गरेको छ ।