Bagmati Samachar Logo

हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन

१ चैत । काठमाडौं । हिमेश पन्त रियालिटी सो कमेडी च्याम्पियनका विजेता बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । पन्तले प्रतिस्पर्धी सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् ।

विजेता बनेका पन्तले २५ लाख नगदका साथै कार पाएका छन् रअन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।