बलिउडका १० खलनायकका सन्तानः कोही फिल्म स्टार त कसैको यस्तो हाल
१९ फागुन । काठमाडौं । बलिउडमा जति एक मुख्य कलाकारको महत्व हुन्छ त्यति नै खलनायकको पनि महत्व हुन्छ । त्यसकारण फिल्म इन्डष्ट्रिमा कहिले पनि भिलेनको कमी हुदैन । के तपाईंलाई आफ्नो जमानामा चर्चित रहेका खलनायकका सन्तान के गर्छन् भन्ने थाहा छ ?
बलिउड फिल्ममा भिलेनको भूमिका निभाएका केही स्टारका सन्तान फिल्मी क्षेत्रमा नै एक्टिभ छन् भने कोही लाइमलाइटबाट टाढा । शक्ति कपूरकी छोरी श्रद्धा कपूर र छोरा सिद्धान्त कपूर फिल्ममा सक्रिय छन् । आज हामी तपाईंलाई यस्तै बलिउडका चर्चित १० भिलेनका सन्तानसँगः
अम्रिश पुरीः
अम्रिशको नाम बलिउडका सबैभन्दा सफल खलनायकको सूचीमा समावेश छ । उनका छोरा राजिव पुरी समुन्द्री नौसेना हुन् ।
शक्ति कपुरः
यस्तै एक सफल र चर्चित खलनायक हुन् शक्ति कपुर । ७० र ८० को दशकमा भिलेन बनेर मानिसहरुमाझ चर्चित बनेका शक्ति कपूरको डायलग आउ लोलिता’ निकै चर्चित छ । शक्ति कपुरजस्तै उनका छोरा सिद्धान्त पनि फिल्मी दुनियाँमा करियर बनाउन चाहन्छन् । सिद्धान्तले हसिनाः द क्वीन अफ मुम्बई’ बाट बलिउडमा डेब्यू गरिसकेको छन् भने उनकी छोरी श्रद्धा कपुर आज बलिउडमा निकै चर्चित छिन् ।
म्याक मोहनः
शोले, सत्ते पे सत्ता र कर्जजस्ता सफल फिल्ममा काम गर्ने म्याक मोहनका छोरा विक्रान्त म्याकिजन पनि फिल्ममा काम गर्दछन् । विक्रान्तलाई अन्तिम पटक फिल्म ‘द लास्ट मार्बल’ मा देखिएको थियो ।
एम.बी शेट्टीः
एक जमानामा उत्कृष्ट स्टन्टम्यान र भिलेन एम बी शेट्टी चर्चित निर्देशक रोहित शेट्टीका पिता हुन् । एम बीले आफ्नो करियरको सुरुवात फाइट इन्स्ट्रक्टरको रुपमा गरे । त्यसपछि उनी एक्सन डायरेक्टर बनेपछि नायक । एम बी शेट्टीका छोरा रोहित शेट्टी बलिउडका चर्चित निर्माता–निर्देशक हुन् ।
कबिर बेदीः
बलिउडका सबैभन्दा ह्यान्डसम भिलेन भनेर चिनिने कबिर बेदीले ‘खुन भरी मांग’ मा भिलेनको भूमिका निभाएपछि दर्शकबीच निकै लोकप्रिय बनेका थिए । कबिर बेदीका छोरा अदम बेदी एक अन्तर्राष्ट्रिय मोडल हुन् ।
दलीप ताहिलः
प्रेम तोड्नमा यदि कुनै भिलेनको नाम लिनुपर्दा सबैभन्दा पहिले दलीप ताहिलको नाम आउँछ । दिलिपलाई ‘बाजिगर, राजा, इश्क, कयामत से कयामत तक’ मा भिलेन बनेको देखिएको छ । दिलिपका छोरा ध्रुव ताहिल, लण्डनमा मोडलिङ गरिरहेका छन् ।
अमजद खानः
शोलेमा गब्बरको भूमिका निभाएका अमजद खान वास्तविक जीवनमासमेत गब्बरको नामले चर्चित भएका थिए । आफ्नो बुवाजस्तै उनका छोरा शादाब खानले पनि फिल्ममा करियर बनाउने सोचे तर सोचेजस्तो सफलता हात पार्न सकेनन् । शादाब खानले फिल्म राजाकी आएगी बारातबाट बलिउडमा डेब्यू गरेका थिए ।
गुलशन ग्रोवरः
गुलशन ग्रोवरको नाम बलिउडका चर्चित भिलेनको सूचीमा समावेश छ । उनका छोरा संजय फिल्मको लाइमलाइटबाट टाढा छन् । उनी एक व्यापारी हुन् ।
डेनी डेन्जोंगपाः
डेनी डेन्जोंगपाले फिल्ममा भिलेनका साथै विभिन्न भूमिकामा देखिएका छन् । यस्तै, उनका छोरा रिन्जिंग पनि फिल्ममा आउने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्: