Swornakshar Logo

अभिनेत्री ऋचाले गरीन विवाह

२१ मंसिर । काठमाडौं । अभिनेत्री ऋचा शर्मा विवाह बन्धनमा बाँधिएकी छिन् । अभिनेत्री शर्मा दिपेक्ष विक्रम राणासँग आज वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

दिपेक्ष क्यूएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् । दुई वर्ष यता ऋचा र दिपेक्ष प्रेम सम्बन्धमा थिए ।

केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेर ऋचाले आफ्नो विवाह हुन लागेको जानकारी दिएकी थिइन् ।

ऋचा अब्बल अभिनय क्षमता भएकी कलाकार हुन् । उनी जारी नेपालको मौलिक पहिलो ‘कमेडी म्यापियन’ शो की निर्णायक पनि हुन् ।