Swornakshar Logo

बाढीका कारण सुडानमा ६० जनाको मृत्यु

८ भदौ । काठमाडौं । सुडानमा आएको भारी बर्षा र बाढीका कारण देशभर ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार बाढीमा परेर १०१ जनाभन्दा बढी घाइते भएका छन् ।

स्वास्थ्य मन्त्रालयका कार्यवाहक उपसचिव सुलेमान अब्दुल जब्बारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनका अनुसार वर्षा र बाढीले ३२ हजार परिवारको घरमा आंशिक क्षति पु¥याएको र २० हजारभन्दा धेरैको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

उनले अन्य प्रकोपहरुबाट बच्न अभियान चलाउन थालेको पनि बताए । अभियान अन्तर्गत वर्षायाममा मानिस, जनावर र वातावरणमा पर्ने नकारात्मक असरका बारेमा जानकारी गराइने उनको भनाई छ ।

यसअघि मानवीयता सम्बन्धी राष्ट्रसंघीय कार्यालयले एक लाख ७१ हजार ७०० जना प्रभावित भएको विवरण सार्वजनिक गरेको थियो । सो कार्यालयले २२ हजार ६३४ घरमा क्षति पुगेको र ११ हजार ७०२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएको छ ।