Swornakshar Logo

कम्युनिस्टमा पनि विकृति आएः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति र कम्युनिस्ट आन्दोलनमा धेरै विसंगति र विकृतिहरु आएको बताएका छन् ।

कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति सभामा बोल्दै प्रचण्डले भने ‘राजनीतिमा र कम्युनिस्ट आन्दोलनमा विसंगति र विकृतिहरु आए, तीनका विरुद्ध लड्नु अहिलेको आवश्यकता भएको बताए । हामी यसका विरुद्ध लडिरहेका छौ ।’

उनले मानव जातिको भलो समाजवादले गर्ने बताएका छन् । पुँजीवादमा सबै समान हुदैनन् तर त्यसमा धनीहरु धनी हुदैं जाने र गरीबहरु गरीब हुँदै जाने अवस्था हुन्छ तर मानव जातिको हितमा समाजवाद मात्र रहेको बताए ।

उनले भने नरबहादुर कर्माचार्यको घरमा बसेर जनयुद्धको तयारी गरेको बताएका छन् । उनले आफ्नो अभिभावक पनि कर्माचार्य भएको बताए ।

उनले नरबहादुरलाई सम्झदै भने ‘पार्टी विभाजन भएपनि आन्दोलनको मायाले कुनै गोपनियता नखोलेको बताए । उनले भने, ‘मेरा साना साना भान्टाङभुन्टुङको पनि धेरै ख्याल गर्नुभयो माया गर्नुभयो, अभिभावकत्व दिनुभयो । उहाँ क्रान्तिको पक्षमा र पार्टी एकता गर्न महत्वपूर्ण सहयोग र प्रेरणादायी नेता हो ।’

नरबहादुर कर्माचार्यले पार्टी एकता भएको, गणतन्त्र आएको देख्न पाएको उल्लेख गर्दै उनीलाइ नेपाली कम्युनिष्ट आन्दोलनको इमान्दार नेताको रुपमा सम्झनुपर्ने प्रचण्डले बताए ।