Swornakshar Logo

प्रदेश ३ खेलकुद परिषद्का पदाधिकारिको शपथ ग्रहण


२४ असार । हेटौंडा । प्रदेश नम्बर–३ मा प्रदेश खेलकुद बिकाश परिषदमा छनौट गरिएका सदस्य सचिब तथा पदाधिकारिल आज हेटौंडामा सपथग्रहण गरेका छन् । प्रदेशका सामाजिक विकाश मन्त्री युवराज दुलाल अध्यक्ष रहेको परिषदमा सदस्य सचिब सूर्यलाल भण्डारी र सदस्यहरु बिकाश तामाङ, माधब तिमल्सीना, ममिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मा सदस्य रहेका छन् । छ जनालाई परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री दुलालले सपथ खुवाउनुभयो ।
प्रदेश खेलकुद बिकाश परिषदमा २१ सदस्य टोली रहने छ । अहिले भने ६ जनाका नाम यही असार ९ गतेको मन्त्री परिषदको बैठकले निणय गरेको थियो ।
शपथग्रहर समारोहमा बोल्दै सामाजिक बिकाश मन्त्री दुलालले खेलकुद क्षेत्रमा भइरहेको बिकृति र बिसंगतिहरुलाई हटाउन परिषदले काम गर्नुपर्ने बताए । उनले भने ‘खेल क्षेत्रमा भएका फोहोरलाई हटाउन सबै लाग्नुपर्ने छ ।’ खेलाडीका लागि बिकाश नभएको बताउँदै उनले भने–‘अहिले पनि राम्रा खेलाडी ब्यावसायीक खेलबाट बाच्ने अवस्था छैन । कोही आर्मी, शसस्त्र, जनपथ प्रहरीमा सिपाइमा जागिर खानुपर्ने अवस्था छ । यो अवस्थाबाट मुक्ति दिलाउनुपर्छ ।’

उनले प्रदेशमा खेलकुद पूर्बाधारका क्षेत्रमा प्राथमिकताका साथ काम गरिनुपर्ने बताए । सुबिधा सम्पन्न रंगशाला निर्माण गरेर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए ।