Swornakshar Logo

गाउँपालिकामा बालक्लव गठन

६ असार । मकवानपुर । गाउँपालिका स्तरिय बालक्लव संजाल गठन तथा परिचालन कार्यक्रम सम्पन्न भएको छ ।
हामी सक्छौं नेपालको आयोजना तथा कैलाश गाउपालिकाको सहयोग तथा समन्वयमा बालक्लव गठन र परिचालन कार्यक्रम भएको हो । संस्थाका कार्यक्रम संयोजक सागर लम्सालको अध्यक्षता तथा कैलाश गाउँपालिकाका अध्यक्ष टंक बहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाहरुबाट बाल बालिकाको प्रतिनिधित्व रहेको थियो ।
अध्यक्ष टंक बहादुर मुक्तानले सुन्दर समाज निर्माणका लागि बालबालिकामा लगानी गरि योजना तथा कार्यक्रम निर्माणमा बालबालिकालाई सहभागी बनाउनुपर्ने बताउनु भएको थियो । कार्यक्रमको उदघाटन कैलाश गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङ्गले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।