Swornakshar Logo

फिर्ता भएको गुठी विधेयकविरुद्ध काठमाडौंमा प्रदर्शन

४ असार । काठमाडौं । गुठी विधेयक फिर्ता भए पनि काठमाडौं उपत्यकाका गुठियारले सरकारविरुद्धको आन्दोलन जारी राखेका छन् । गुठी विधेयकविरुद्ध संघर्ष समिति बनाएर भएको विरोध प्रदर्शनमा सरकारका मन्त्रीको राजीनामा मागिएको छ ।

बुधबार ११ बजे माइतीघर मण्डलामा गर्ने भनिएको विरोध प्रदर्शनका लागि ललितपुर र काठमाडौंका विभिन्न ठाउँबाट –याली आइरहेको छ । –यालीमा सहभागीले गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा मागेका छन् ।

विधेयक गुठी संस्कृतिविरुद्ध भएको भन्दै गुठियार आन्दोलनमा उत्रिएका हुन् । विरोध प्रदर्शन उनीहरुको पूर्वनिर्धारित कार्यक्रम हो । चौतर्फी विरोध भएपछि सरकारले मंगलबार नै प्रस्तावित गुठी फिर्ता लिइसकेको छ । सरकारले विधेयक फिर्ता लिए पनि आन्दोलन जारी राख्नुको औचित्य भने खुलेको छैन ।

सरकारले खोल्यो बानेश्वरको निषेधित क्षेत्र

जिल्ला प्रशासन कार्यालयले संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा लगाइएको प्रदर्शन निषेध हटाएको छ । गुठी विधेयकविरुद्ध आन्दोलनरत समूहका लागि सरकारले बानेश्वर क्षेत्र खुला गरेको हो ।

माइतीघर मण्डलाबाट बानेश्वर पुगेको र्‍यालीलाई बिनाअवरोध बानेश्वर चोक हुँदै तीनकुनेतर्फ जान दिइएको छ । यसअघि आन्दोलनकारीलाई बानेश्वर चोकअगावैको एभरेस्ट बैंक क्षेत्रभन्दा अघि जान दिइने गरेको थिइएन ।

तर, गुठी विधेयक खारेजी माग्दै प्रदर्शनमा उत्रिएकाहरु बानेश्वर चोक पुग्दासमेत प्रहरीले हस्तक्षेप गरेन । शिलापत्रकर्मी सागर चन्दका अनुसार यतिबेला जुलुस बानेश्वर चोक क्रस गरेर मीनभवनतिर लागेको छ । जुलुस तीनकुने, कोटेश्वर हुँदै भक्तपुर जाने कार्यक्रम छ ।

विधेयक फिर्ता भए पनि काठमाडौं उपत्यकाका गुठियारले सरकारविरुद्धको आन्दोलन जारी राखेका छन् । गुठी विधेयकविरुद्ध संघर्ष समिति बनाएर भएको विरोध प्रदर्शनमा सरकारका मन्त्रीको राजीनामा मागिएको छ ।