Swornakshar Logo

गोरखा ब्रिगेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गोरखा सैनिकको सलामी

२९ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत स्थित गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुगेका छन् ।

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरेका हुुन् ।

प्रधानमन्त्री ओलीले गोरखा सैनिक र तिनका परिवारसँग चासोका साथ कुराकानी समेत गरे ।
प्रधानमन्त्रीले मंगलबार नै समकक्षी बेलायतकी प्रधानमन्त्री टेरिजा मेसँग नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्ताव राखेका थिए ।

Nepal Prime Minister visits Headquarters Brigade of Gurkhas on 11 June 2019. Signs the HQ Brigade of Gurkhas visitors book 11 Jun 19.

तस्बिरहरुः गोरखा ब्रिगेड एशोसियसन