ताजा अपडेट
अपराध

गोरखा ब्रिगेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गोरखा सैनिकको सलामी

गोरखा ब्रिगेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गोरखा सैनिकको सलामी

२९ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत स्थित गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुगेका छन् ।

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरेका हुुन् ।

प्रधानमन्त्री ओलीले गोरखा सैनिक र तिनका परिवारसँग चासोका साथ कुराकानी समेत गरे ।
प्रधानमन्त्रीले मंगलबार नै समकक्षी बेलायतकी प्रधानमन्त्री टेरिजा मेसँग नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्ताव राखेका थिए ।

Nepal Prime Minister visits Headquarters Brigade of Gurkhas on 11 June 2019. Signs the HQ Brigade of Gurkhas visitors book 11 Jun 19.

तस्बिरहरुः गोरखा ब्रिगेड एशोसियसन

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…