Swornakshar Logo

छोरीलाई बलात्कार गर्ने यातायात मन्त्रालयका उपसचिव पक्राउ

काठमाडौं । आफ्नै छोरी बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन्। महोत्तरी घर भई हाल ललितपुरको धोबिघाट बस्दै आएका उपसचिवलाई मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।

पीडित १८ वर्षिया किशोरी काठमाडौंकै एक कलेजमा कक्षा १२मा अध्ययनरत छिन् ।प्रहरीले आरोपीको नाम खुलाउँदा पीडितको परिचय खुल्ने भएकाले तत्काललाई सार्बजनिक नगरिएको बताएको छ ।

पीडित किशोरीले प्रहरीमा दिएको जाहेरी अनुसार आमा नभएको मौका पारी विभिन्न डर धम्की देखाएर बाबुले पटक पटक बलात्कार गर्ने गरेका थिए । घटनाबारे किशोरीले आमालाई जानकारी दिएपनि आमाले बेइज्जत हुने डरले भित्रभित्रै श्रीमानलाई सचेत गराएकी थिइन् ।तर पटक पटक सम्झाउँदा पनि श्रीमानको ब्यवहार नसुध्रिएपछि आमा(छोरी बाध्य भएर प्रहरीमा उजुरी दिएपछि सो घटना बाहिर आएको हो ।

पक्राउ परेका उपसचिवमाथि हाडनाता करणीको उजुरी पर्नसाथ मन्त्रालयबाट निलम्बन गरिएको छ । हाल उनीमाथि थप अनसन्धान भइरहेको ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।