Swornakshar Logo

बौद्ध जोरपाटी साँखु सडक नबनाएको विरोधमा स्थानीयले गरे सडकमै प्रदर्शन

काठमाडौँ । चाबहिलदेखि बौद्ध जोरपाटी हुँदै साँखु जोड्ने सडक वर्षौँ बित्दा समेत खनेर अस्तव्यस्त नै छोडेको विरोधमा स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौं थलीका स्थानीयले आज स्वत स्फूर्त प्रदर्शन गर्दै सवारी सो रुटमा सवारी आवागमन नै ठप्प पारेका छन् । उनीहरुले आज म‌ंगलबार बिहानैदेखि यातायात अवरुद्ध गर्दै सडकमै टायर बालेर नाराबाजी गरेका हुन् ।

सडक विस्तारका लागि भत्काइएको सडक लामो समय बित्दासमेत मर्मत नभएकोकोमा उनीहरु विरोधमा उत्रिएका हुन् । स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणमा ढिलाइ भइरहेको र यसको यसर सो रुट हुँदै आवागमन गर्ने स्थानीयले भोग्नुपरेको उनीहरुको गुनासो छ । आक्रोसित युवाहरुको भीडले सरकारविरुद्ध नाराबाजी गर्दै अविलम्ब सडक मर्मत गर्न माग गरेका हुन् ।

‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध समेत नाराबाजी गर्दै कारबाहीको माग गरेका छन् ।

बर्खा लाग्न थालेदेखि यस सडकमा हिलो जम्ने र सुख्खा हुँदा धुलो उड्ने गरेको छ । जसका कारण यस रुटमा सवारी हाँक्न तथा यात्रा गर्न सकस हुँदै आएको छ ।