मन्त्री महासेठ सवार गाडी खोलामा डुब्यो

२७ जेठ । स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।
खहरेखोला पुलको शिलान्यास गरेर फर्किने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको हो ।
खोलामा गाडीको आधा भाग डुबेपछि क्रेनको प्रयोग गरेर उनी सवार गाडी निकालिएको थियो । तर, मन्त्री महासेठ भने सकुशल रहेका छन ।
खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: