Swornakshar Logo

सुनचाँदी व्यवसायी संघद्धारा प्रहरीलाई साइकल हस्तान्तरण

२४ जेठ । हेटौडा । सुनचाँदी व्यवसायी संघ मकवानपुरले जिल्ला प्रहरी कार्यलय मकवानपुरलाई ६ वटा साइकल उपलब्ध गराएको छ ।
जिल्ल सुनचाँदी व्यवसायी संघले आज शुक्रबार प्रहरी कार्यलयको प्राङगणमा एक कार्यक्रम अयोजना गरी साईकल हस्तान्तरण गरेको थियो ।


सुनचाँदी व्यवसायी संघका अध्यक्ष ज्यातिरत्न वज्राचार्यले प्रहरी प्रमुख मुकेशकुमार सिंहलाई ६ वटा साईकल हस्तान्तरण गरेका थिए ।
शहरीकरण बढ्दै जाँदा मानविय चापपनि बढ्दै गएकाले पनि रात्रीकालीन गस्त ीगर्न सहज होस भन्ने हेतुले साईकल उपलब्ध गराएको वज्राचार्यले बताए ।
उनले भने‘पछिल्लो समयमा शहरीकरण बढेको छ ,मानिसहरुमा मदिराको लत लागेको छ,लागूऔषधका कारण शहर असुरक्षित बन्दै गएकाले पनि अलिकति भएपनि सहयोग पुग्ने सोचेर संघले साईकल दिएका हौ ।’
साईकलले प्रहरीलाई गस्ती गर्न सहज हुने प्रहरी प्रमुखले बताए ।