Swornakshar Logo

नेकपामा आज पनि सहमति जुटेन, सचिवालय बैठक बिनानिष्कर्ष सकियो


२२ जेठ । काठमाडौं । जिल्ला इन्चार्ज र सहइन्चार्जसँगै केन्द्रीय सदस्यको कार्यविभाजनका लागि बसेको नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को सचिवालय बैठक बिनानिष्कर्ष सकिएको छ । पार्टीभित्र सहमति हुन नसकेपछि स्थगित भएको सचिवालय बैठक बुधबार बसेको थियो ।

बैठकमा नेताहरुबीच भागबन्डा नमिलेपछि बैठक बिनानिष्कर्ष टुंगिएको बताइएको छ । नेकपाभित्र जिल्ला इन्चार्ज र सहइन्चार्जसँगै विभिन्न विभागको नेतृत्व चयन गर्न कठिन भएको छ ।

पार्टी एकताको एक वर्ष बितिसक्दा पनि नेकपाले सांगठनिक एकीकरण गर्न सकेको छैन । तत्कालीन एमाले र माओवादीसँगै आन्तरिक गुट–उपगुटबीच भागबन्डा मिलाउन नसक्दा एकता प्रक्रिया लम्बिएको हो ।