Swornakshar Logo

नेकपा सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डमा विवाद

२१ जेठ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डमा विवाद देखिएको छ । सहमतिको प्रयासगर्दापनि सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार सचिवालयको बैठक बसेको थियो ।

सचिवालय बैठकमा मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद भएको एक सचिवालय सदस्यले बताए ।
ती सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल मन्त्री,सांसद र प्रदेशसभाका सदस्यहरुलाई इन्चार्ज र सहइन्चार्ज बनाउनु पर्छ भन्ने पक्षमा देखिए। उनको तर्क थियो प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्ष र सचिव बनाउँदा यो मान्यता खण्डित भइसकेको छ ।
माधवकुमार नेपासहितकका नेताहरुले दोहोरो जिम्मेवारी दिन नहुने अडान राखेका थिए ।
छलफलमा अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्ड भने बीचबीचमा देखिएका ती सदस्यले बताए ।

सचिवालय बैठक भोलि फेरि बस्नेछ
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले छलफललाई भोलि पूर्णता दिएर जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोकिने र प्रवास कमिटीको एकतालाई पनि पूर्णता दिने जनकारी दिए ।