Swornakshar Logo

भारतीय विमान चिनियाँ सीमानजिकै बेपत्ता

एजेन्सी
२० जेठ । काठमाडौं । भारतीय वायु सेनाको विमान सम्पर्कविहीन भएको छ । असमबाट उडेको भारतीय वायु सेनाको एएन–३२ विमान उडेको केही बेरमै सम्पर्कविहीन भएको हो । विमानमा चालक दलका ८ सदस्य र पाँच यात्री थिए ।

विमानले भारतको अरुणाञ्चल प्रदेशबाट स्थानीय समयअनुसार दिउँसो १२ बजेर २५ मिनेटमा उडान भरेको थियो । विमान मेनचुका एडभान्स ल्यान्डिगं ग्राउन्डका लागि उडेको बताइएको छ । सैन्य सामग्री ओसारपसार गर्ने यो विमानको खोजी कार्य सुरु गरिएको छ ।

यसअघि सन् २०१६ मा पनि भारतीय वायु सेनाको विमान हराएको थियो ।