Swornakshar Logo

सोलुखुम्बु प्रहरी चौकीमा विप्लवको आक्रमण, काठमाडौं र विराटनगरबाट सुरक्षाकर्मी पठाइयो

२० जेठ । सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३ स्थित छेस्काम प्रहरी चौकीमा गए राति नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको सशस्त्र प्रहरी बल उच्च स्रोतले दाबी गरेको छ ।

गए राति २५ जनाको समूहमा आएको हतियारधारी समूहले आक्रमण गरेपछि चौकीमा रहेका चारजनै प्रहरीले भागेर ज्यान जोगाएका छन् ।

प्रहरी चौकी आक्रमणको प्रयास भएपछि विराटनगर र काठमाडौंबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । विराटनरगरबाट २७, काठमाडौंबाट सशस्त्रका ११ र नेपाल प्रहरीका २० जना हेलिकोप्टरबाट छेस्काम उडेका छन् ।
चौकीमा कार्यरत चारजना प्रहरी बिहान ६ बजे मात्र सम्पर्कमा आएको प्रहरी उच्च स्रोतले जानकारी दियो । हतियारधारी समूह अज्ञात स्थानतर्फ लागेको उच्च प्रहरी स्रोतको दाबी छ ।