Swornakshar Logo

मिडिया र न्यायपालिकामाथि आक्रमण हुनु सर्वसत्तावादको बाटो समाउनु होःदेउवा

१८ जेठ । रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सरकारले प्रेस , न्यायपालिका र मानवअधिकार आयोगमाथि आक्रमण केन्द्रित गरेको आरोप लगाएका छन्।

उनले मिडिया, आयोग र न्यायपालिकामाथि आक्रमण केन्द्रित गर्नु सर्वसत्तावादको बाटोबाहेक केही नभएको बताए ।

नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै सभापति देउवाले सरकारले गरेका जनविरोधी कृयाकलाप सार्जवनिक हुने डरले प्रधानमन्त्री ओलीले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारिताको घाँटी निमोठ्न लागेको आरोप लगाए।

लोकतन्त्रविरुद्ध हुने सबै खाले आक्रमणको प्रतिरोध गर्न कांग्रेस तयार रहेको भन्दै सभापति देउवाले जनताको अधिकार खोस्ने र सर्वशक्तिमान बन्ने धृष्टता नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । निरंकुस बन्न खोज्दा राजा ज्ञानेन्द्रको हविगत के भयो भन्ने हेक्का राख्न पनि देउवाले सुझाव ओलीलाई सुझाव दिए ।

सभापति देउवाले मिडिया काउन्सिल विधेयक संसदबाट कुनै पनि हालतमा पास हुन नदिने स्पष्ट पारे । कार्यक्रममा महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी चुनावमा पहिलो पार्टी बनाउने गरी अगाडि बढ्न कार्यकर्ताहरुसँग आग्रह गरे।