Swornakshar Logo

​सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको छः प्रम ओली


१८ जेठ । पोखरा । प्रधानमन्त्री केपी ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताए । नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को आज पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माणको लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले देश विकासको यस अभियानमा युवाहरुलाई अनुशासित ढंगले सहभागी गराउनका लागि स्काउटको भूमिका महत्वपूर्ण हुने बताए। “स्काउटले दक्षता,योग्यता,अनुशासन र देशभक्तीपूर्ण भावना भएका युवाहरु तयार गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने“स्कउाटले युवालाई कर्मवीर र राष्ट्रप्रति बफादार बनाउनु पर्दछ । ”

नेपाल प्रतिभाशाली मानिसहरु बस्ने भूभाग भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरुको प्रतिभा देश विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिए । “हामी युवाहरुलाई सक्षम बनाउनु चाह्न्छौं” प्रधानमन्त्री ओलीले भने “युवाहरुलाई भिडाएर झगडाको अखडा मात्र होइन ,उनीहरुलाई सृजनशिलता र उत्पादनमा लगाएर नेपाललाई शान्तीको थलो बनाउनु पर्दछ । ”