Swornakshar Logo

मोदीलाई भेटर आएका प्रधानमन्त्री नबोली हिँडे

१७ जेठ । काठमाडौं । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली कुनै प्रतिक्रिया नदिई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन्

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन ओली बुधबार भारत गएका थिए ।

मोदीको शपथ ग्रहणपछि उनीसँग भेटेर फर्किएका ओली नेपाल एयरलाइन्सबाट विमानस्थलमा उत्रिएलगत्तै पत्रकारसँग कुनै प्रतिक्रिया नै नदिई बाहिरिएका हुन् ।

विमानबाट उत्रिएर सलामी ग्रहण गरेलगत्तै उनी सरकारी मन्त्री र सरकारी अधिकारीसहित विमानस्थलबाट चुपचाप बाहिरिएका हुन् ।

विदेशवाट उत्रिएलगत्तै पत्रकारसँग लामो कुराकानी गर्ने ओली कुनै प्रतिक्रिया नदिई किन बाहिरिए भन्ने विषय भने खुल्न बाँकी छ ।