Swornakshar Logo

सय डिएसपीको सरुवाः निर्मला प्रकरणमा निलम्बित जिसी सुदूरपश्चिममा

१७ जेठ । काठमाडौं । शुक्रबार प्रहरी प्रधान कार्यालयले ९४ प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका निलम्बित डिएसपी अंगुर जिसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल पठाइएको छ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भन्दै जिसीलाई निलम्बन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कुमुद ढुंगेललाई शसस्त्र प्रहरी गण मुख्यालय हेटौंडा सरुवा गरिएको छ । महानगरी प्रहरी परिषद् ललिपुरका डिएसपी अपिलराज बोहरालाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।