Swornakshar Logo

हेटौंडाको पसल चोरी प्रकरणः आफ्नै पसल चोरी गर्ने हेटौँडाका घिमिरे पक्राउ

जेठ १७ । हेटौंडा । हेटौंडा–४ पारिजातपथमा जेष्ठ ८ गते घिमिरे ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक सेन्टरमा चोरी भएको भन्ने प्रकरण झुटो भएको पत्ता लागेको छ ।मकवानपुर प्रहरीले पसलका सञ्चालक उमेश घिमिरेले बैंकको कर्जाको भाका सारिदिन आग्रह स्वरुप र इन्स्युरेन्स दावीको लागि चोरी भएको भन्दै झुटो अफवाह फैलाएको पत्रकार सम्मेलन गर्दै प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको जाहेरी पश्चात तत्काल प्रबिधियुक्त अनुसन्धान प्रक्रिया शुरु गरेको थयो । अनुसन्धानबाट निबेदकको ब्यहोराको पुष्ट्याई हुने कुनै पनि कुराहरु फेला नपरेको मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।अनुसन्धानका क्रममा पसल संचालक उमेश घिमिरेवाट नै स्व–योजनामा वनावटी निबेदन दिएको पुष्ट्याई भएको उनले जानकारी दिए ।

प्रहरीले वाईरिङको तार ३१ बोरा चोरी भएको र उक्त सामान ८ गते नै काठमाण्डौको पाटीबाट डेलीभरी लिएको भनिएकोमा उक्त सामान डेलीभरी नलिएको निजको स्टकमा नभएको अनुसन्धानमा फेला परेको थियो ।एलईडि बत्ती १२ कार्टुन, स्विच १४ कार्टुन, सिलिङ पंखा ४ कार्टुन, चोरी भएको भनि निबेदनमा उल्लेख भएकामा पारिजातपथमा देबेन्द्र सापकोटाको घरमा कोठा लिई सञ्चालकले नै लुकाएर राखेको अवस्थामा एलईडि बत्ती ११ कार्टुन, स्विच ९ कार्टुन, सिलिङ पंखा ४ कार्टुन, फेला परेको थियो ।

घिमिरेले नगद काउण्टरमा नराखेको, नभएको अनुसन्धानबाट खुलेको छ । सञ्चालक घिमिरेले सनराईज बैंकमा ५० लाख कर्जा रहेको र बैंकले बारम्बार चाडो लोन चुक्ता गर्न दबाब दिएका कारण बैंकलाई आफ्नो पसल चोरी भएको कारण केही समय लोन तिर्ने भाका सारी दिन अनुरोध गर्ने योजना बनाएका थिए ।

सञ्चालक घिमिरेले चोरी भएको केही दिन अघि मात्र ३० अप्रिल २०१९ मा ५० लाखको सिदार्थ ईन्सुरेन्स लिमिटेडमा आफ्नो ईलेक्ट्रिक पसलको बिमा गरेको देखिएकाले चोरीको ईन्सोरेन्स दाबी गरी ऋण चुक्ता गर्ने योजना उनको रहेको रहस्य खुलेको थियो ।