Swornakshar Logo

बजेटसँगै व्यापारीले आफूखुशी भाउ बढाए, सरकार भन्छ कारबाही गर्छौं

जेठ १७ । काठमाण्डौ । सरकारले बजेट सार्वजनिक गरेको भोलिपल्टदेखिनै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुशी बढाएका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषण गरेर सक्न नपाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुशी बढाएका हुन् ।

बजेट भाषणअघि पनि केही उपभोग्य सामाग्रीको मूल्य बढेको थियो । भारतमा भएको लोकसभा चुनावका कारण सीमा नाका बन्द हुँदा बढाइएको उपभोग्य वस्तुको मूल्य चुनाव सकिएर नतिजासमेत आइसकेपछि पनि घटेको छैन । उल्टै बजेटको कारण देखाउँदै उपभोग्य वस्तुको मूल्य अझै बृद्धि गर्ने दाउमा व्यापारीहरु लागिपरेका छन् ।