यस्तो आयो प्रदेश तीन सरकारको नीति तथा कार्यक्रम

१४ जेठ । हेटौंडा । प्रदेश ३ सरकारले आउँदो आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश ३ प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार पालैपाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। प्रदेश ३ सरकारको तर्फबाट प्रदेश प्रमुख अनुराधा कोइरालाले २१० बुँदामा समेटिएको ५४ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्
नीति तथा कार्यक्रम नियमीत बजार अनुगमन गरिने
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले उपभोक्ताको हितको लागि नीयमित बजार अनुमन गरिने बताएका छन् । नीति तथा कार्यक्रममा नै बजार अनुमगनलाई महत्वको साथमा राखेको छ । पछिल्लो समयमा नीयमित बजार अनुमगन नहुदा उपभोक्ताहरु ठगिने कार्य भएको कुरालाई मध्यनजर गर्दै सरकारले नीति तथा कार्यक्रममानै यस्तो ब्यवस्था ल्याएको हो ।
भूकम्पबाट क्षति भएका विद्यालयलाई तत्काल पुननिर्माण गरीने
नीति तथा कार्यक्रममा भूकम्पबाट क्षति भएको विद्यालयलाई चाँडो भन्दा चाँडो पुननिर्माण गर्नको लागि प्रदेश सरकारले ध्यान दिने बताएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउनको लागि प्रदेश सरकारले योजना निर्माण गरीने छ ।
योजना अनुगमन गर्न मुख्यमन्त्री कार्यालयमा फलोअप डेक्स
नीति तथा कार्यक्रममा विकासको योजना थप ब्यवस्थित बनाउन मुख्यमन्त्री विकास आयोजनाको अनुमन गर्न नीतिगत तथा सस्थागत संरचनाको स्थापना गर्ने र मुख्यमन्त्रीको कार्यालयमा फलोअप डेक्स बनाईने भएको छ । नेपालमा नर्माण भएको योजनाहरुको समयमानै अनुमगन नहुँदा समस्या भएको भन्दै मुख्मन्त्रीको कार्यलयमानै योजना अनुगमनको लागि फलोअप डेक्स निर्माण गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो ।
महानगरमा खरको छानो भएको घरमा जस्ताको छानो हाल्ने घोषणा
नीति तथा कार्यक्रममा प्रदेश ३ मा रहेका तीनवटा महानगरपालिकामा रहेको खरको छानो भएको घरलाई विस्तापित गर्दै जस्ताको छानो हाल्ने घोषणा गरेको छ ।
प्रदेश अनुसन्धान ब्युरो बनाईने
नीति तथा कार्यक्रममा प्रदेशको सुरक्षा तथा आन्तरिक सुरक्षालाई मजवुत बनाउनको लागि प्रदेश अनुसन्धान ब्युरो बनाईने भएको छ ।
प्रदेश सार्वजनिक खरिद ऐन बनाईने
नीति तथा कार्यक्रम सार्वजनिक खरिद ऐनलाई थप ब्यवस्थित बनाउँदै प्रदेश सार्वजनिक खरिद ऐन बनाईने घोषणा गरेका छन् ।
भीमफेदी काठमाण्डौँ सुरुङमार्ग गौरबको योजना
नीति तथा कार्यक्रममा पोष्टबहादुर भीमफेदी काठमाण्डौँ सुरुङमार्ग तथा पुष्पलाल प्रदेश चक्रपथ गौरबको योजना रहेको बताएका छन् । उक्त योजना निर्माण गर्न प्रदेश सरकारले कार्य सुरु गरेको बताईएको छ ।
भ्रष्टाचार विरुद्ध कडा नीति बनाईने
नीति तथा कार्यक्रममा भ्रष्टाचार विरुद्ध कडा नीति बनाईने घोषणा गरेका छन् । उनले जिल्ला समन्वय समितिलाई थप अधिकार सम्पन्न बनाईने समेत कार्यक्रम प्रस्तुत गरेका छन् ।
जिल्लामा रंगशाला निर्माण गरिने
नीति तथा कार्यक्रम प्रदेश ३ को प्रत्येक जिल्लाका एक रंगशाला तथा प्रत्येक निर्वाचन क्षेत्रमा एक कवर्डहल निर्माण गर्ने घोषँणा गरेका छन् ।
हेटौँडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान बनाईने
नीति तथा कार्यक्रममा प्रदेश ३ को राजधानीको रुपमा रहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान बनाउनको लागि नीतिगत ब्यवस्था गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: