Swornakshar Logo

देशभर सुरक्षा सतर्कता, गृह भन्छः डराउनु पर्दैन

१२ जेठ । काठमाडौं । उपत्यकामा सृङ्खलावद्ध बिष्फोट भएपछि सरकारले देशभरको सुरक्षा व्यवस्था कडाई गरेको छ । गृहमन्त्रालयले सर्वसाधारणको दैनिकीमा असर नपरोस् भनेर सुरक्षा व्यवस्था मजबुद पार्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

सर्वसाधारणको दैनिकीमा कुनै असर नपरोस् र शान्ति सुरक्षाको व्यवस्थामा खलल नपुगोस भनेर सोही अनुसारको व्यवस्था मिलाउन सवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन लिइएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

‘आज अपरान्हदेखि काठमाडौं उपत्यकाका केही स्थानमा हिसांत्मक गतिविधि भएका छन्, यस्तो कार्यमा संलग्न व्यक्ति र समुहको पहिचान भइसकेको छ, त्यसैले सुरक्षा व्यवस्था मजवुद बनाउन र सर्वसाधारणको दैनिकीमा असर नपरोस भनेर सुरक्षा व्यवस्था मिलाउन सवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेका छौं,’ प्रवक्ता सुवेदीले शिलापत्रसँग भने ।

सरकारले सवै सुरक्षा संयन्त्रलाई उच्च शतर्ककता अपनाउन निर्देशन दिएको छ ।

यता नेपाल प्रहरीले पनि उच्च सुरक्षा शतर्कता अपनाएको छ । हिसांत्मक गतिविधि नहोस् भनेर सुरक्षा शतर्कता अपनाएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।