भारतले कोसीको धार फर्काउँदा ९० परिवार विस्थापित
१२ जेठ । काठमाडौं । भारतले कोसी नदीको धार फर्काएपछि सप्तरीमा ९० परिवार विस्थापित भएका छन् ।
भारतले नदीको धार फर्काएपछि हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोवरगाढाका बासिन्दा डुबानमा परेर विस्थापित भएका हुन् ।
विस्थापित परिवारका करिब ३ सय जना गोवरगाढाको थुम्कोमा आश्रय लिइरहेका छन् ।
भारतले केही वर्षअघिदेखि एकतर्फी रुपमा खन्दै आएको पाइलट च्यानलमा पानी छाडदा बस्ती डुबानमा परेको हो ।
पानी छाड्दा पूर्वजानकारीसमेत नदिएका कारण नेपालतर्फका ९० घरका करिब ३ सय जना विस्थापित भएको स्थानीयले बताए ।
क्यानलमा पानी छोड्दा स्थानीयस्तरमा पूर्वजानकारी गराउनुपर्नेमा भारतीय पक्षले कुनै जानकारी नै नगराई एक्कासि पानी छोडेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले बताए ।
बर्खायाममा पानीको मुहान नै थुन्ने गरी भारतीय पक्षले एकतर्फी रूपमा बनाउने बाँधका कारण जिल्लाका विभिन्न भूभाग डुबानमा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: