Swornakshar Logo

१५ जेठमा ८ हजार पदमा लोकसेवा खुल्दै

१० जेठ । काठमाडौं । लोकसेवा आयोग तयारी गरिरहेकाका लागि खुसीको खवर आएको छ । लोकसेवा आयोगले पाँचदिनपछि (१५ जेठमा) ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले आह्वान गरेको यो बिज्ञापन भने स्थानीय तहका लागि हो । आयोगले गणतन्त्र दिवसकै दिन भर्ना आव्हानको बिज्ञापन गर्न लागेको छ ।

आयोग श्रोतका अनुसार खुलातर्फको गणतन्त्र दिवस र वजेट सार्वजनिक हुने दिन नै भर्नाको बिज्ञापन आह्वान गर्न थालेको हो। आयोगले हरेक वुधवार विज्ञापन आह्वान र नतिजालगायतको कार्यतालिका सार्वजनिक गर्छ । १५ जेठ वुधवार पर्छ ।

आयोगका अनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान हुदैछ । आयोगका प्रवक्ता किरणराज शर्माले खुला तर्फ विज्ञापन आह्वान गर्ने तयारी भइरहेको पुष्टि गरे ।

आयोगले नवौं तहका प्राविधिक र अप्राविधिक पदमा आगामी भदौमा परीक्षा संचालन गदैृछ भने त्यसको नतिजा असोजमा सार्वजनिक गर्ने जनाएको छ । अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ ।

छैटौं तहका अप्राविधिक पदको लिखित परीक्षा साउन र असोजमा गरी दुइ चरणमा गर्दैछ । जसको अन्तिम नतिजा भने मंसिरसम्ममा आउनेछ ।
आयोगले परीक्षाका लागि पाठ्यक्रम निर्माण गरिसकेको जनाएको छ ।