Swornakshar Logo

नेकपाको मकवानपुर जिल्ला कमिटीले खायो शपथ

मिना श्रेष्ठ

८ जेठ । हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका जिल्ला कमिटी सदस्यहरुले आज बुधबार शपथ ग्रहण गरेका छन्। नेकपा मकवानपुरको जिल्ला कमिटीमा छनौट गरिएका १ सय ४५ जना सदस्यहरुले शपथ ग्रहण गरेका छन् । नेकपाका प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी साक्यले जिल्ला सदस्यहरुलाई शपथ ग्रहण गराएकि हुन।

जिल्ला कमिटी बनेपछि अब स्थानीय तह र वडा स्तरसम्म पार्टी एक ढिक्का भएर अगाडी बढ्ने नेकपा मकवानपुरकी नेकपाकी जिल्ला अध्यक्ष मुनु सिग्देलले बताइन । कार्यक्रमममा केन्द्रीय स्तरका नेताहरुले पार्टीको काम अब टोल तह सम्म पुग्नुपर्ने बताएका छन् । आज शपथ ग्रहण पछि गाउँ र टोल तह सम्म पार्टीलाई एक ढिक्का बनाएर पार्टीका गतिबिधिहरु बढाउने जिल्ला कमिटीका सदस्यहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य केदार प्रसाद न्यौपाने, नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण प्रसाद दाहाल, प्रदेश सचिव आनन्द प्रसाद पोख्रेल, केन्द्रीय सदस्य तथा संघिय सांसद बिरोध खतिवडा, रामेस्वर राना, कुमारी मोक्तान, नेकपाका प्रदेश कमिटीका सदस्यहरु अनन्त पौडेल, कृष्ण प्रसाद दाहाल, ओम ग्लान, प्रलाद लामिछाने, बिष्णु बिष्ट लगायतका नेताहरुको उपस्थिति थियो।