Swornakshar Logo

एचआईभी संक्रमित श्रेष्ठले गरे सफल सगरमाथाको आरोहण

८ जेठ । काठमाण्डौ । एचआईभी पोजेटिभ संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् । उनी २५ वर्षदेखि एचआईभी पोजेटिभ संक्रमित छन् ।

कास्कीको पोखरा उपमहानगरपालिका ७ का ५६ वर्षीय श्रेष्ठ बुधबार बिहान सगरमाथाको शिखरमा पुगेका पर्यटन विभागका सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

सगरमाथा आरोहणमा जानुअघि श्रेष्ठले सगरमाथा आरोहण गर्ने
पहिलो एचआईभी संक्रमित पहिलो व्यक्तिको कीर्तिमानी बनाउने दाबी गरेका थिए ।
सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने उनी संक्रमितको तर्फबाट पहिलो हुन सक्ने भए पनि पर्यटन विभागले थप अध्ययन गरेपछि मात्र कीर्तिमानीको बारेमा टुङ्गो लाग्ने बताए।