Swornakshar Logo

तीनै तहका सरकारमा बिचौलियाका कारण अनियमितताःअख्तियार प्रमुख घिमिरे

मिना श्रेष्ठ

५ जेठ । हेटौडा । मकवानपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले तीनै तहका सरकारमा बिचौलिया रहेको बताए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा बिचौलियाका कारण अनियमितता हुने गरेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको आयोजनामा कार्यालय प्रमुखहरुसँग भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक क्षेत्रमा बिचौलिया चुनौतीपूर्ण बन्दै गएको बताए ।

स्थानीय स्तरका बिचौलिया स्थानीय प्रशासनले नै तह लगाउन सक्ने पनि तर्क दिए आयुक्तले । आफू प्रमुख जिल्ला अधिकारीसमेत भएर काम गरेको अनुभव सुनाउँदै उनले प्रहरी लगाएर स्थानीय स्तरका बिचौलिया प्रशासनले तह लगाउन सक्ने बताए।

सरकारले गरेका एक हजार ८ सय ४८ रुग्ण प्रकृतिका ठेक्काको काम हेर्दा ठूलो अनियमितता भएको पाइएको बताए। यी योजनामा ४७ वटा योजनाको अनियमितताका विषयमा विस्तृत अनुसन्धान गरिरहेको घिमिरेले बताए । निर्माण क्षेत्रमा अझै पनि कार्टेलिङ रहेको उनको भनाइ छ ।