Swornakshar Logo

बैतडीमा जिप दुर्घटना दाजुभाइसहित तीनजनाको मृत्यु

५ जेठ । काठमाडौं । आइतबार बैतडीमा जिप दुर्घटना हुँदा दाजुभाइसहित र एक जना अन्यको मृत्यु भएको छ । मृत्यु हुने तीन जना एकै गाउँका हुन ।

दशरथचन्द नगरपालिका १० बाराकोटबाट नागार्जुनतर्फ गइरहेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको हो ।

देवताल मन्दिर दर्शनका लागि हिँडेका दशरथचन्द नगरपालिका–१० बाराकोटका ६० वर्षीय हीरावल्ल भट्ट, उनका ५३ वर्षीय भाइ लालमणि भट्ट र सोही ठाउँका नारुली भट्टको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

घाइतेमध्ये दशरथचन्द नगरपालिका–१० का प्रकाश भट्टको अवस्था गम्भीर छ । स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि उनलाई थप उपचारकालागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।

जिप चालक नवीन भट्ट र कञ्चनपुरका राहुल भट्ट घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । एकै गाउँका तीनजनाको मृत्यु भएपछि बाराकोट गाउँ शोकमा डुबेके छ ।