Bagmati Samachar Logo

हतियारसहित नेपाल प्रवेश गरेका भारतीयमाथि नेपाल प्रहरीले गोली चलाउदा एकको मृत्यु

जेठ ३ । बुटवल । नेपाल प्रहरीको गोली लागेका एक भारतीय नागरिकको ज्यान गएको छ । हतियार सहित खुल्ला रुपमै नेपाल प्रवेश गर्दै गरेका भारतीय नागरिकलाइ गएराति प्रहरीले गोली चलाएको थियो । मृत्यु हुनेमा भारत महाराजगञ्ज फरेण्डाका ५० वर्षीय धिरज धोबी रहेका छन् ।

धोवी गोली लागेर गम्भीर घाईते भएका थिए । उनको उपचारको क्रममा भारतको महाराजगञ्जमा ज्यान गएको हो । हतियार सहित नेपाल प्रवेश गर्दै गरेका धोबीलाई सिद्धार्थनगर १० शंकरपुरमा प्रहरीले गोली हान्दा उनको पेटमा लागेको थियो ।

उनको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताएका छन् । धोबीले चलाएको गोली लाग्दा ३ जना नेपाल प्रहरी पनि घाइते भएको डीएसपी भण्डारीले बताएका छन् ।