Swornakshar Logo

प्रसाद खाँदा पाल्पामा ९५ जना बिरामी

जेठ २ । पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ बौरिडाँडाँमा प्रसाद खाएकाहरु बिरामी परेका छन् ।

छिमेकीको १३ दिने पुण्य तिथिमा प्रसाद खाएकामध्ये ९५ जना झाडापखाला लागेर बिरामी परेका हुन् । बिरामी परेका मध्ये १३ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख सुन्दर तरामु मगरले जानकारी दिनुभयो ।

यस्तै १२ जनालाई गाउँमै सलाइन पानीसहितको औषधि दिइएको छ भने अरुको पनि उपचार भैरहेको छ । फूड प्वाइजनका कारण बिरामी परेको आशंका गरिए पनि यथार्थ पत्ता लाग्न सकेको छैन ।

अहिले घटनास्थलमा डाक्टरहरु पुगेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।