Bagmati Samachar Logo

रुपन्देहीमा गोली चल्यो, भारतीय नागरिक घाइते

२ जेठ । रुपन्देही । नेपाल भारत सिमामा पर्ने रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाएको प्रहरीले बताएको छ।
हतियार कारोबारी आएको सुचनाको आधारमा प्रहरीको व्युरो टोली शंकरपुरमा पुगेको थियो । प्रहरीले पक्राउ गर्न खोज्दा हतियार ल्याएका भारतीयले गुहार गुहार भन्दै चिच्चाएपछि भारतीयहरु आएर नेपाल प्रहरीमाथि नै आक्रमण गरेको थियो।

जवाफी कारवाहीमा प्रहरीले गोली चालएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले बताएका छन् । घटनामा नेपाल प्रहरीका ३ जना घाईते भएका छन् । नेपाल प्रहरीलाई उनिहरुले भाटै भाटाले हानेका एक प्रहरी अधिकृतले बताए ।