Swornakshar Logo

हिंसात्मक घटनामा संलग्न भएको भन्दै श्रीलङ्कामा सय बढि गिरफ्तार

जेठ २। श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा सय बढिलाई गिरफ्तार गरिएको छ ।प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारी अनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।

उनले पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले झडप वा हिंसाका बेलाको भिडियोहरू पनि हेरेर छानबिन गरिरहेको उनले बताए।

प्रहरीले पक्राउ परेका सबै जना दोषी भएको पुष्टी हुनसक्ने जनाएको छ । उनले घटना अझै बल्झिने सम्भावनालाई मध्यनजर गर्दै कतिपय ठाउँमा कफ्र्यु लगाइएको पनि जानकारी दिएका छन् । श्रीलङ्कामा पछिल्लो समय विभिन्न ठाउँमा जातीय हिंसात्मक घटनाहरू भइरहेको छ भने आम नागरिक त्रसित भएका छन् ।